अमेरिका : अमेरिकाका भूतपूर्व उपराष्ट्रपति जो बाइडनले राष्ट्रपति ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने बताएका छन् । न्यू ह्याम्पसरमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले पहिलो पटक प्रत्यक्ष रुपमा महाअभियोगको आब्हान गरेका हुन् ।
उनले कानुन पालनामा अवरोध उत्पन्न गराएर ट्रम्प स्वयंले आफूमाथि आरोप प्रमाणित गराइरहेको दावी समेत गरे । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले सदनले थालेको महाभियोग छानबिनमा सहयोग नगर्ने बताएको भोलिपल्ट बाइडनको यो टिप्पणी आएको छ ।
सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनमा बाइडन विपक्षी डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार मनोनीत हुने प्रयत्नमा छन । ट्रम्पले भने ट्विटरमा बाइडनप्रति अपमानजनक शब्द प्रयोग गर्दै खिल्ली उडाएका छन् । उनको दलका अगुवाहरूले सदनमा ट्रम्पविरुद्ध महाभियोगको छानबिन गरिरहेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies