धनुषा : धनुषाको जनकनन्दनी गाउँपालिकामा एकै स्थानमा पार्किङ्ग गरि राखिएको आधा दर्जनभन्दा बढी मोटरसाईकल र साइकलमा आगजनी भएको छ । जनकनन्दिनी गाउँपालिका ३ स्थित प्रखे महुवामा पार्किङ गरि राखिएको वडाध्यक्ष सहितका ९ वटा मोटरसाइकल र ३ वटा साईकलमा अज्ञात समुहले आगजनी गरेको हो ।
आगजनीबाट मोटरसाइकल र साइकल जलेर ध्वस्त भएको प्रहरीले जनाएको छ । आज विहान साढे तीन बजेतिर पार्किङ गरि राखिएको मोटरसाइकलमा आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट जनकनन्दिनी गाउँपालिका ३ का वडाध्यक्षको सरकारी गाडीमा समेत क्षति पुगेको छ ।
सो घटनामा ५ वटा नेपाली प्लेट र ४ वटा भारतीय नम्बर प्लेटको मोटरसाइकल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घटनामा ३ वटा साइकल समेत जलेर नष्ट भएका छन । आगजनी कसले गरेको खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय धनुषाले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies