काठमाडौं : नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जीनपिङको उपस्थितीमा नेपाल र चीनaLच विभिन्न डेढ दर्जन समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सीबीच शिष्टाचार भेट लगत्तै राजधानीको सोल्टी होटलमा द्धिपक्षीय वार्ता र समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
दुई देशबीच रेलसहित डेढ दर्जन विकास आयोजना अघि बढाउने समझदारी भएको छ । केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन तथा त्यसपछिको निर्माणको मोडालिटीमा समझदारी भएको छ । यसैगरी, केरुङ–काठमाडौं सडकमार्गको स्तरोन्नति र टोखा–छहरे सुरुङ मार्ग निर्माणमा चिनियाँ सहयोगसम्बन्धी समझदारीपत्र आदान–प्रदानभएको छ ।
काठमाडौं–तातोपानी अरनिको राजमार्ग विस्तार तथा तमोर जलविद्युत् परियोजना निर्माणसम्बन्धी समझदारीपत्र पनि आदान–प्रदान भएको छ । चीनले मदन भण्डारी प्राविधिक विश्वविद्याय बनाइदिने सहमति भएको छ । कृषि र पर्यटनसम्बन्धी दुई समझदारीपत्रमा हस्ताक्षर भएको छ । गल्छी–केरुङ जलविद्युत प्रसारण लाइन निर्माणसम्बन्धी समझदारी भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies