काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को भोलि असोज २८ बाट सुरु हुने विश्वसम्मेलनका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका आयुक्त शिवप्रसाद रिजाल र सदस्य केपी पाण्डेद्वारा जारी कार्यतालिकाअनुसार आज सोमबार संघको सचिवालयमा प्रतिनिधि तथा वैकल्पिक प्रतिनिधिको नाम दर्ता हुनेछ भने भोलि मंगलबार निर्वाचन समितिलाई सचिवालयले प्रारम्भिक मतदाता नामावली बुझाउनेछ। मंगलबार नै समितिले प्रारम्भिक मतदाता नामावली प्रकाशन गरी साँझ ८ बजे अन्तिम नामावली प्रकाशन गर्नेछ ।
यस्तै, उम्मेदवारको मनोनयन दर्ताका लागि बुधबार बिहान साढे १० बजेसम्मको समय तोकिएको छ । बुधबार नै दिउँसो ३ बजेदेखि ८ बजेसम्म मतदान कार्यक्रम हुनेछ । निर्वाचन सम्पन्न भएको एक घण्टापछि मतगणना आरम्भ गर्ने निर्वाचन समितिले जनाएका छ । निर्वाचनसम्बन्धी कार्यक्रमहरु सम्मेलनस्थल होटल हायातमा हुने जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies