क्वालालम्पुरस्थित नेपाली दूताबासबाट दुई कर्मचारी हट्ने भएका छन् । सो दूताबासमा कार्यरत जनसम्पर्क अधिकृत रबि लाल भट्ट र सबारी चालक डिल्ली राम धिताल आगामी कार्तिक १ गते देखि कार्यरत नरहने दूताबासले सोमबार एक सूचना जारी गर्दै जानकारी गराएको छ ।
दूताबासको सूचनामा भट्टले गत भदौ ३१ र धितालले भदौ २७ गते पारिवारिक र ब्यक्तिगत कारण देखाएर दूताबासमा राजिनामा बुझाएको उल्लेख छ । सोहि राजिनामा कार्तिक १ गतेदेखि लागू हुने गरी स्वीकृत भएको भन्दै दूताबासले संबन्धित सबैलाइ जानकारी गराएको हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies