काठमाडौं : गैर आवासिय नेपाली संघ (एनआरएनए) को नवौँ विश्व सम्मलन आजबाट काठमाडौंमा सुरु हुँदैछ । ८१ मुलुकका २५ सय प्रतिनीधिको सहभागिता हुने सम्मेलनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछ ।
सन् २००३ मा स्थापना भएको एनआरएनएको यो वर्षको सम्मेलनमा ‘म, मेरो एनआरएन ए र मेरो नेपाल’ भन्ने मूल नारा तय गरीएको छ । विगतमा झैँ नेपाल सरकार नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गइरहेको छ । सम्मेलनमा विभिन्न ८१ मुलुकका गैर आवासिय नेपाली प्रतिनिधिहरु र स्वदेशी विदेशी गरी २५ सयको सहभागीता रहने छ ।
सम्मेलनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव लगाएतका ४२ जना पदाधिकारीहरुको चुनाव हुने छ । गैर आवासिय नेपालीहरुको यो संगठनको नेतृत्वका लागी यो पटक कुल आचार्य र कुमार पन्त चुनावी मैदानमा रहेका छन् । अघिल्लो पटक निर्वाचित भवन भट्टले आफ्नो एकै कार्यकालमा नेतृत्व हस्ताणतरण गरेका हुन् ।
नेतृत्वका लागी चुनावी मैदानमा रहेका पदाधिकारीहरुले नेपालमा लगानी, संस्थागत सुधार, युवा तथा महिला लगाएतका आ–आफ्ना एजेण्डा तथा प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies