काठमाडौं : जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गर्ने सांसद प्रमोदकुमार साहविरूद्ध पक्राउ पूर्जी जारी भएको छ ।
नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साह विरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय जनकपुरको अनुरोधमा अदालतले सांसद प्रमोदकुमार साहविरूद्ध मंगलबार पक्राउ पूर्जी जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले सांसद साहलाई पक्राउ गर्नका लागि महानगरिय प्रहरी परिसर काठमाडौंलाई पत्रचार गरिसकेको छ ।
सांसद साह अहिले काठमाडौंमा छन् । सर्लाहीबाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद साहले सोमबार बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies