काठमाडौं : जनकपुर विमानस्थलमा अवस्थित बुद्ध एयरको काउन्टर तोडफोड गरेका प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज पक्राउ गरेको हो ।
ओखलढुंगा जाँदै गरेको अवस्थामा यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । यसअघि जनकपुर अदालतले साहबिरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
नागरिक उड्डयन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै उनी विरुद्ध धनुषा प्रहरीमा उजुरी दिएका थिए ।
राजपाका सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए । जहाजले काठमाडौं ल्याउन नमानेपनि उनी प्रशासनको दवावमा सोही जहाजमा काठमाडौं आएका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies