काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमणको क्रममा दिएको अभिब्यक्तिले भ्रमण वर्षलाई प्रवर्द्धन गर्न सघाउ पुर्याउने बताएका हुन् । मन्त्री भट्टराईले राष्ट्रपति सीको नेपाल भ्रमणले चिनियाँ बुद्धिष्टहरुलाई लुम्विनीको भ्रमण गर्न पनि अभिप्रेरित गरिरहने अपेक्षा पनि गरे ।
मन्त्री भट्टराईले चीन र दक्षिण एशीयाका विद्धान साहित्यहरुको उपस्थितिले पनि ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई माथि उठाउन महत्वपूर्ण सहयोग पुर्याउने पनि बताए ।
सांस्कृतिक धरोहरुको रुपमा रहेको नेपालमा भूकम्पले ध्वस्त बनाएका सबै सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको कामले तीव्रता पाएको उल्लेख गर्दै उनले दुई वर्ष भित्रै पुनर्निर्माणको काम सम्पन्न गरिसक्ने प्रतिवद्धता व्यक्त गरे ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies