काठमाडौं : काठमाडौंमा शुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं विश्व सम्मेलन संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक डा. उपेन्द्र महतोले बहिस्कार गरेका छन् । संघमा अस्वभाविक राजनीतिक ध्रुवीकरण बढेको भन्दै उनी नवौं विश्व सम्मेलनमा सहभागी नभएका हुन् ।
एनआरएन केन्द्रीय सदस्य रामशरण सिम्खडाले भने महतोले सम्मेलन बहिस्कार गरेको नभइ चुनावी प्रक्रियामासहभागी हुन अनिच्छुक देखिएकाले सहभागी नभएको दाबी गरे । उनले सुरुदेखि नै महतो एनआरएनजस्तो संस्थामा सहमतिमार्फत नै नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आएको बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies