काठमाडौं : संसद सचिवालयकी कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । १३ दिनको म्याद पक्राउ परेको दिनदेखि नै गनिने छ । महरालाई थप ३ दिन हिरासतमा राखिनेछ ।
अदालतले महरालाई आइतवार अदालतमा उपस्थित गराउन भनेको छ । बलात्कार प्रयासको आरोपबारे जिल्ला सरकारी वकिलको कार्यालयमा भएको बयानपछि उनलाई जिल्ला अदालतमा पेस गरिएको थियो ।
सरकारी वकिलका तर्फबाट बहस गर्दै उमाकान्त पौडेलले महरालाई अनुसन्धानका लागि १३ दिन हिरासतमा राख्नका लागि म्याद थप गर्न माग गरेका थिए । महराका तर्फबाट वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले बहस गरेका थिए ।
उनले बन्दीप्रत्यक्षीकरणको मुद्दामा २४ घण्टाभन्दा बढी हिरासतमा राख्न नमिल्ने भए पनि गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै म्याद थप गर्न नहुने माग गरेका थिए । न्यायाधीश दीपककुमार दाहालको इजलासले महरामाथि लागेको बलात्कार आरोपको थप अनुसन्धान गर्न तीन दिन म्याद थप गर्न अनुमति दिएको हो ।
असोज १९ गते पक्राउ परेका महरालाई मंगलबार अदालत उपस्थित गराइएको थियो । सरकारी कार्यालय बिदा भएकोले पक्राउ परेको १० दिनसम्म उनलाई प्रहरीले अदालतमा उपस्थित गराएको थिएन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies