काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए) को ९ औं विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ । मंगलबारबाट काठमाडौंमा सुरु सम्मेलनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार रातिबाट मनोनयन दर्ता खुल्ला गरिएको छ ।
मनोनयन दर्ता आज बिहान साढे १० बजे सम्म खुल्ला रहने छ । विभिन्न देशबाट २५ सय प्रतिनिधीको सहभागिता रहेको छ । ४२ पदका लागि निर्वाचन हुनेछ ।
अध्यक्षमा बेलायतका कुल आचार्य र जर्मनीका कुमार पन्त प्यानल बनाएर प्रतिष्पर्धा गर्दैछन् । विद्युतीय मेशिनबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ । होटल हायातमा मंगलबार राष्ट्रपति विद्या भण्डरील सम्मेलनको उदघाटन गरेकी हुन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies