काठमाडौं : विश्वकप फुटबलको छनोट अन्तर्गत एसियाली क्षेत्रको छनोटको दोस्रो चरणमा मंगलबार राति भएको खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । अम्मान अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाललाई जोर्डनले ३–० ले पराजित गरेको हो ।
पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेका थिएनन् । नेपाली टोलीको रक्षापंक्ति दोस्रो हाफमा कमजोर देखियो । तीनै गोल दोस्रो हाफमा खायो । जितसँगै जोर्डनले तीन खेलबाट सात अंक जोडेको छ ।
नेपालको भने चार खेलबाट मात्रै तीन अंक छ । तीन खेलमा हार र एक खेलमा मात्रै नेपाली टोली विजयी भएको छ । नेपालले आउँदो नोभेम्बर १९ मा घरेलु मैदानमा कुबेतसँग प्रतिस्पर्धा गर्नेछ । जोर्डनभन्दा अघि नेपाली टोली अस्ट्रेलियासँग ५–० ले पराजित भएको थियो ।
त्यसअघिका खेलमा कुवेतसँग ७–० ले पराजित भएको नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको थियो । सन् २०११ को जुलाई २३ मा विश्वकप छनौटको दोस्रो चरणमा जोर्डनसँग नेपाली टोली ९–० ले पराजित भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies