काठमाडौं : पप गायक एवं र्यापर समीर घिसिङ ‘भिटेन’ पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई ललितपुरवाट नियन्त्रणमा लिएको हो । समाजलाई अपाच्य हुने गीत गाएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उनी पछिल्लो समय ’हामी यस्तै त हो नी ब्रो गीतवाट चर्चामा आएका थिए । गीतमा प्रहरीलाई अश्लील गाली गरिएको छ । त्यस्तै प्रहरीचौकीमै रक्सी खाएर मस्ती गर्ने लगायतका शब्द पनि प्रयोग गरिएका छन् ।
भिटेनले हामी यस्तै त हो नी ब्रो नामक गीत भने युट्युबबाट हटाइसकेका छन् । यसअघि प्रहरीले सोही आरोपमा गायक दुर्गेश थापालाई पनि पक्राउ गरेको थियो । गीत युट्युववाट हटाउनुका साथै माफी मागेपछि प्रहरीले छाडेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies