काठमाडौं : कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आप्रवासी कामदारले कतारको विकासमा उच्चस्तरको योगदान गरेको भन्दै प्रशंसा गरेका छन् । कतारको शुरा काउन्सिलको उद्घाटन गर्दै अमिर थानीले आप्रवासी कामदारले कतारको विकास र समृद्धिका लागि उच्चस्तरको योगदान गरेका कारण उनीहरुलाई आफुले उच्च सम्मान गर्ने र सम्पूर्ण कतारवासीले पनि सोही अनुसार सम्मान गर्नुपर्ने धारणा व्यक्त गरे ।
उनले भनेका छन्, ‘कतार बनाउन योगदान गर्नेहरुप्रति मसँगै देशवासीहरुले पनि आभार प्रकट गरेका छौं । कतारमा बस्ने आप्रवासी दाजुभाइहरुलाई हामीले प्रदान गरेको अवसरले मात्र होइन, यो देश बनाउन उहाँहरुको कामप्रतिको बफादारिताले पनि हो जुन हाम्रालागि अपरिहार्य रहेको छ ।’
सन् २०१७ को एक अनौपचारिक रिपोर्टको अनुसार, कतारमा करिब ७ लाख भारतीय, ३ लाख ५० हजार नेपाली, ३ लाख बंगलादेशी, साढे २ लाख फिलिपिनो, २ लाख ईजिप्सियन, १ लाख ५० हजार श्रीलंकाली र १ लाख ३० हजार पाकिस्तानीसहित विभिन्न देशका नागरिक कार्यरत छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies