काठमाडौं : वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृतिमा लागू गरिएको इ–स्टीकर सुदुरपश्चिम प्रदेशको धनगढी तथा कर्णाली प्रदेशको सुर्खेतबाट पनि दिन सुरु भएको छ । विभागले गत कात्तिक २५ गतेदखि श्रम स्वकिृतिका लागि पासपोर्टमा टाँस्ने कागजको स्टीकरको सट्टा इ–स्टीकरको शुरुवात गरेको थियो ।
बुधबारबाट सुदुरपश्चिम प्रदेशको धनगढी तथा कर्णाली प्रदेशको सुर्खेतबाट पनि ती सेवाको शुरुवात भएको विभागका महानिर्देशक डा. भिष्म कुमार भूसालले जानकारी दिँदै त्यसले कामदारको राहदानी सफा राख्न सहज हुने बताए ।
इ–स्टीकरले श्रम स्वकिृतिको नक्कली स्टिकर बनाएर मानवतस्कर तथा एजेन्टहरुले स्वदेशी तथा विदेशी विमानस्थल हुँदै नेपाली कामदार स्वदेश वा विदेश पुर्याएर ठगी गर्ने धन्दामा कमी आउने अपेक्षा गरिएको छ । वैदेशिक रोजगारीमा जाने कामदारले चाहेको बेला आफ्नो इमेलबाट इ–स्टीकरको प्रिन्ट निकाल्न पनि सक्ने विभागले बताएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies