काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार पुनः हेमोडायलासिस गरिएको छ । शनिबार बिहानै ग्राण्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउन पुगेका प्रधानमन्त्री ओलीले तेस्रोपटक हेमोडायलासिस गराएका हुन् । ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हेमोडायलासिस गरिएको जानकारी दिएको हो ।
प्रधानमन्त्रीका नीजि चिकित्सक दिव्या सिंह शाह, ग्रान्डीका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डे र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्राध्यापक डा प्रेमराज ज्ञवालीद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख गरिएको छ ।
गत कात्तिक १२ र १३ गते ग्रान्डी भर्ना भएका प्रधानमन्त्री ओलीको डायलासिस गर्ने क्रममा राखिएको स्टेन्ट निकालिएको अस्पतालले बताएको छ । मिर्गौलाले काम गर्न छोडेपछि प्रधानमन्त्री ओलीको केही समयअघि सोही अस्पतालमा दुई पटक डायलासिस गरिएको थियो ।
यसअघि प्रधानमन्त्री ओलीलाई भाइटीकाको भोलिपल्ट पनि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । पछिल्लो समय प्रधानमन्त्री ओलीले ग्रान्डी अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।
प्रधानमन्त्रीले मृगौला प्रत्यारोपण गर्ने विषयमा पनि परामर्श गरिरहेको बताइएको छ । गत भदौमा उनको सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा मिर्गौलासम्बन्धी एन्टिबडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधि ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies