डोल्पा : जगदुल्ला गाउँपालिका–१ हुरीकोट डोल्पा कि ३० वर्षीया जनमदेवी बुढाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ । उच्च रक्त चापबाट समस्या भोगिरहेकी बुढालाई सुत्केरी हुन नसकेपछि आज उद्धार गरी सुर्खेत लगिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले जानकारी दिए ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमार्फत राष्ट्रपति उद्धार कोषबाट काइगाउँस्थित स्वास्थ्यचौकीबाट उद्धार गरिएको उनले जानकारी दिए। एक वर्षयता अहिलेसम्म जिल्लामा १२ सुत्केरीको उद्धार गरिएको उनले बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies