काठमाडौं : राजसंस्था र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै काठमाडौंमा ७२ घण्टे सत्याग्रह सुरु गरिएको छ । स्वतन्त्र नागरिक समाजका संयोजक हेमविक्रम सिलवालले राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने मागसहित काठमाडौंको शान्ति वाटिकाका आज बिहान ८ बजेबाट ७२ घण्टे सत्याग्रह सुरु गरेका हुन् ।
हिन्दु राष्ट्र पुनर्स्थापना र नेपालको निकास तथा विकासका लागि सत्याग्रह थालिएको आयोजकले बताएका छन् । भारत तथा चीन दुवै मुलुकबाट नेपालको सुरक्षा खतरा औंल्याउँदै सचेत रहन सरकारलाई दवाव दिन पनि सो सत्याग्रह सुरु गर्नु परेको आयोजकको भनाइ छ । सत्याग्रहमा पूर्व राजावादी तथा शिव सेना नेपालमा आवद्ध अगुवाहरुको सहभागिता रहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies