काठमाडौं : वैदेशिक रोजगार व्यवसायी दिनेश साहूलाई पितृ शोक परेको छ । राजधानीको सिनामंगलस्थित अन्नपुर्ण इन्टरनेसनल सर्भिसेस प्रा.लि.का प्रबन्ध निर्देशक साहूका पिता केबल शाहको गत आइतबार निधन भएको छ । स्व. शाहको ६९ बर्षको उमेरमा धनुषा औराहीस्थित आफ्नै निबासमा निधन भएको हो ।
स्व. शाहको आइतबार नै धार्मिक बिधि पूर्बक अन्त्येष्टी गरिएको थियो । स्व. शाहको अन्तिम श्रद्धान्जलीकालागि ठूलो संख्यामा स्थानीयहरु र आफन्तजनहरुको उपस्थिति रहेको थियो । स्व. शाहका ६ नाती नातीना, एक छोरी र दुई छोरा छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies