काठमाडौं : एशियाली विकास बैंकले नेपालमा लगानी गरेका परियोजनाहरुको वित्तीय प्रगति अपेक्षा अनुरुप नभएको जनाएको छ । काठमाडौंमा आयोजित समिक्षा बैठकमा एडीबीका नेपाल प्रतिनिधिले नेपालका विभिन्न आयोजनामा गरेको लगानी समयमै खर्च हुन नसकेको गुनासो गरे ।
समिक्षा बैठकमा एडिबीका नेपाल निर्देशक मुख्तोर खामुद्खानोभले सरकारले कतिपय परियोजनामा प्रयाप्त सहयोग नगर्दा वार्षिक करिब ४० करोड अमेरिकी डलर सम्म लगानी गर्ने लक्ष्य पुरा हुन नसकेको बताए ।
समिक्षा बैठकमा राजश्व सचिव शिशिर ढुंगानाले परियोजना कार्यान्वयन गर्ने निकायहरु जुनसुकै परियोजना समयमै सम्पन्न गर्नका लागि संवेदनशिल हुनुपर्नेमा जोड दिए । उनले लगानी अभिवृद्धिका लागि अर्थमन्त्रालय सधै गम्भिर रहेको समेत बताए ।
एडीबीले हाल सम्म नेपालमा २ अर्ब ९६ करोड अमेरिकी डलर बराबरको लगानी गरेको छ । एडिबिको नेपालमा सञ्चालित ३१ परियोजनामा लगानी र २ परियोजनामा ऋण सहयोग रहेको छ ।
एडीबीले नेपालमा उर्जा, यातायात, शिक्षा, खानेपानी, शहरी विकास, कृषि लगायत क्षेत्रमा लगानी गर्दै आएको छ । एडीबीले हालसम्म वार्षिक ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गर्न सकेको छैन । एशियाली विकास बैंकले सन् २०१९ को दश महिनामा २२ करोड ७३ लाख डलर बराबरको लगानी सम्झौता गरेको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies