-शुभ नारायण कामती
सिरहा : सिरहामा हतियारसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका वडा नं. २, इटारी प्रसाही बस्ने नथुनी मियाको छोरा अहमद मियाँ रहेका छन् । उनको साथबाट प्रहरीले ७ एमएमको पेस्तोल एक थान, ९ एमएमको पेस्तोल एक थान र खाली म्यागजिन २ थान थान बरामद गरेको छ ।
सोमबार राति लहानबाट एउटा डिजल ट्यांकर अपहरणमा परेको घटना सार्वजनिक भएको केही समयपछि प्रहरीले हतियारसहित मियाँलाई नियन्त्रणमा लिएको हो । मियाँ पक्राउ परेको कल्याणपुर नगरपालिकामा आउँदो मंसिर १४ गते वडा अध्यक्षका लागि निर्वाचन हुँदैछ ।
निर्वाचनको मिति नजिकिदैं जाँदा हतियारसहित पक्राउ परेपछि सुरक्षा चुनौती थपिएको छ । चुनावी सारगर्मी बढिरहेका बेला यस्ता खाले गतिविधि बढेको भन्दै स्थानीयले सुरक्षा व्यवस्था कडा पार्न प्रहरी प्रशासनसँग माग गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies