भारत : भारतका केन्द्रिय गृहमन्त्री अमित शाहले नेशनल रजिस्टर अफ सिटिजन्स अफ इन्डिया एनआरसीलाई मुलुकभर लागू गरिने बताएका छन् । भारतको माथिल्लो सदन राज्यसभामा हिउँदे सत्रका क्रममा सम्बोधन गर्दै गृहमन्त्री शाहले एनआरसीलाई मुलुकभर कार्यान्वयन गरिने बताएका हुन् ।
यसअघि सन् १९५१ मा तयार गरिएको एनआरसीलाई आंशिक परिमार्जनसहित पूर्वोतर राज्य असममा लागू गरिएको थियो । जसले करिब २० लाख असमेलीलाई अनागरिक घोषणा गरेको थियो । गृहमन्त्री शाहले बुधबार दिएको अभिव्यक्तिमाथि मुस्लिम सांसदहरुले भने आपत्ति जनाएका छन् ।
उनीहरुले अन्य धर्म तथा समुदायको नामै लिएर बोले पनि इस्लाम र मुस्लिम समुदायबारे मौन हुनुले थप आशंका बढाएको आरोप लगाएका छन् । यद्दपि, सांसदहरुको प्रश्नको जवाफ दिनेक्रममा मन्त्री शाहले कुनै जात, धर्म वा वर्णप्रति एनआरसी पक्षपाति नहुने स्पष्ट पारेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies