काठमाडौं : सन् २०१६ मा रियो ओलम्पिक खेलाउने बक्सिङका सबै रेफ्री तथा निर्णायक माथि प्रतिबन्ध लागेको छ । अन्तराष्ट्रिय ओलम्पिक कमिटिले गठन गरेको बक्सिङको विशेष कार्यदलले उनीहरुले अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिक खेलाउन नपाउने निर्णय गरेको हो ।
रियो ओलम्पिकमा शंकास्पद निर्णय गरेको कारण ३६ रेफ्री र निर्णायकलाई टोकियो ओलम्पिकमा प्रतिबन्ध लगाईएको हो । टोकियो ओलम्पिकका लागि अन्तराष्ट्रिय बक्सिङ महासंघवाट प्रमाणित रेफ्रीहरुको समूहवाट निर्णायक छानिने बताइएको छ ।
अन्तर्राष्ट्रिय बक्सिङ महासंघले रियो ओलम्पिक खेलाउने रेफ्रीलाई उन्मुक्ति दिने प्रयास गरेपनि अन्तराष्ट्रिय ओलम्पिक कमिटिले छुट्टै छानविन अघि बढाएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies