काठमाडौं : नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगार क्षेत्रमा रहेका बेथिति एवं विसंगतिहरुलाई समाप्त गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै श्रम मन्त्री यादवले विगतमा देखिएका बेथिति एवं विसंगतिलाई समाप्त गरेर पारदर्शी हिसावले वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउने बताएका हुन् ।
उनले वैदेशिक रोजगारको सिलसिलामा कुनै पनि किसिमको भ्रष्टाचार र अनियमितता आफुलाई सह्य नहुने बताए । "वैदेशिक रोजगारीमा देखिएका वेथिति र विसंगति सम्पूर्ण रुपमा हटाएर बाहिर जाँदा पनि गौरव गर्ने वातावरण बनाइन्छ ’ उनले भने, ‘वैदेशिक रोगजारीका सिलसिलामा कुनै पनि किसिमको भ्रष्टाचार र अनियमितता हुन दिन्न ।"
साथै उनले सकेसम्म स्वदेशमै रोजगारी दिलाउनेतर्फ पनि आफुले गृहकार्य गर्ने बताए । उनले भने, "सकेसम्म स्वदेशमै रोजगारी दिलाउने वातावरण बनाउने पनि मेरो योजना छ ।"
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies