काठमाडौं : सरकारले सीमा निरीक्षण गर्न समिति गठन गर्ने भएको छ । मन्त्रिपरिषद् बैठकले नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षणका लागि अलग अलग समिति बनाउने निर्णय गरेको हो ।
सरकारका निर्णयहरु सुनाउन आयोजित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले कुटनीतिक र राजनीतिक प्रयासबाट सीमा विवाद टुंग्याउने बताए ।
यस्तै, सरकारले सेनाका ६१ जना रथीबृन्द तथा अधिकृतकहरुको सरुवा गरेको छ । प्रवाधिक सहायक रथी रामधर सिंहलाई प्राविधिक उपरथी र प्राविधिक महासेनानी कमलविक्रम शाहलाई प्राविधिक सहायक रथीमा बढुवा गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies