काठमाडौं : पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका छन् ।
संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको र प्रतिकार गर्दा शारीरिक हिंसा गरेको अभियोगमा डिल्लीबजार कारागार चलान भएका महराले बिहीबार जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै निवेदन दिएको रजिष्ट्रार बाबुराम दाहालले बताए ।
दाहालका अनुसार महराको निवेदनमाथि कैफियत प्रतिवेदन मागको लागि शुक्रबार इजलास पेश गरिँदैछ । त्यसपछि उनको निवेदन सुनुवाइको प्रक्रियामा जान्छ । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते महरालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies