इजरायल : इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुमाथि भ्रष्टाचारको आरोप लागेको छ । महान्यायाधिवक्ता अभिखाइ मन्डब्लिटलेले उनीमाथि घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको तीन फरक फरक अभियोग दर्ता गरेका हुन् ।
नेतन्याहुमाथि धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा सकारात्मक समाचार प्रवाहका निम्ति पक्षधरता लिएको आरोप छ । प्रधानमन्त्री नेतन्याहुले ती आरोपहरूलाई कू गर्ने प्रयासको रूपमा अर्थ्याउँदै गलत भावनाबाट उक्त प्रक्रिया प्रेरित रहेको बताएका छन् ।
उनले राजीनामा नदिने र कानुनी रूपमा त्यसो गर्न बाध्य नभएकोपनि बताएका छन् । सरकारी अधिकारीहरु सत्यको पछि नलागेर नियतबस आफ्नो पछि लागेको आरोप समेत लगाएका छन् ।
महान्यायाधिवक्ताले भने आफुले गरुङ्गो मनले निर्णय लिएको र यसले इजरायलमा कानुनभन्दा माथि कोही नरहेको सन्देश दिएको बताएका छन् । महान्यायाधिवक्ताको घोषणा अप्रिल र सेप्टेम्बरमा अनिर्णित भएका चुनावपछि राजनीतिक गतिरोध कायमै रहेका बेला आएको हो ।
अभियोगविरुद्ध नेतन्याहुका समर्थकहरूले प्रदर्शन गरेका छन । इजरायलको कानुन अनुसा प्रधानमन्त्री नेतन्याहु अन्तिम निर्णय नहुँदासम्म पदमा बहाल रहन सक्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies