काठमाडौं : निर्वाचन आयोगले आसन्न मंसिर १४ गते हुने उपनिर्वाचनको सुरक्षा अवस्थाको बारेमा चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेको छ । आयोगले आज सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग छलफल गरेको हो ।
छलफलमा गृह र रक्षा सचिवको समेत सहभागिता रहेको थियो । छलफलमा सहभागी सबै सुरक्षा निकायका प्रमुखले निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको जानकारी आयोगलाई गराएका छन् ।
उपनिर्वाचन हुने ३७ जिल्लाका ५२ स्थानको सुरक्षा अवस्था तथा थप रणनीतिका बारेमापनि बैठकमा छलफल भएको थियो । उता निर्वाचनका लागि एक साता मात्रै बाँकी रहदा प्रमुख दलहरु भने उपनिर्वाचन हुने क्षेत्रमा प्रचारप्रसार र घरदैलो कार्यक्रममा जुटेका छन् ।
प्रचारप्रसारका लागि मंसिर ११ गतेसम्मको समय रहेकाले प्रमुख दल र स्वतन्त्र उम्मेदवारहरुले अहिले घरदैलो र चुनावी सभा लगायतका कार्यक्रम गरिरहेका छन् ।
प्रतिनिधि सभा निर्वाचन हुने कास्की दुईमा प्रमुख दलका शिर्ष नेता नै भोट माग्न पुगेका छन् । प्रदेश सभाको निर्वाचन हुने बागलुङ, भक्तपुर र दाङमा पनि केन्द्रीय नेताको सहभागितमा प्रचारप्रसार भइरहेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies