काठमाडौं : उच्च अदालत पाटनले बलात्कार आरोपमा पूर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको कैफियत प्रतिवेदन जिल्ला अदालतसँग माग गरेको छ । महराले दिएको निवेदनमा सुनुवाइ गर्दै आज अदालतले जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको हो ।
उच्च अदालत पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध महराले दिएको निवेदनमा सुनुवाइ गर्दै कैफियत प्रतिवेदन माग गरेको हो ।
जिल्ला अदालतले कैफियत प्रतिवेदन पठाएपछि अर्को सुनुवाइ हुने अदालतले जानकारी दिएको छ । सुनुवाइपछि उच्च अदालतले महरालाई पुर्पक्षका लागि थुनामै राख्ने, धरौटी लिएर तारेखमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एक आदेश दिनेछ ।
महराले जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै ५ मंसीरमा उच्च अदालतमा निवेदन दिएका थिए । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतले १८ कात्तिकमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies