भारत : बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘दबंग–३’ विवादमा फसेको छ । हिन्दु जनजागृति समितिले फिल्मको शिर्ष गीत ‘हुड हुड दबंग’प्रति आपत्ति जनाएको छ । यो गीतमा ऋषिहरुले सलमानसँग आपत्तिजनक तरिकाले डान्स गरेको भन्दै समितिले फिल्मलाई प्रतिबन्ध लगाउन माग गरेका छन् ।
समितिले एक पत्र लेख्दै यो गीतले हिन्दू समुदायको धार्मिक भावनामाथि प्रहार गरेको दाबी गरेको छ । हिन्दु जनजागृति समितिल ऋषिहरुलाई तल देखाउनुका साथै ऋषिमुनिको छविलाई पनि खराब गरेको दाबी गरेको छ । यो गीतमा भगवान शिव, विष्णु र ब्रम्हाको रुपमा पेश गरिएको तीन व्यक्तिसँग आशिर्वाद लिएको पनि देखाइएको छ । यस्तो सीनप्रति केही धार्मिक संस्थाले पनि आपत्ति जनाएका छन् ।
यो विषयमा सलमान खान वा फिल्मसँग सम्बन्धित कसैको पनि प्रतिक्रिया आएको छैन । प्रभुदेवा निर्देशित गरेको फिल्ममा सलमानसँगै सोनाक्षी सिन्हा, सई मन्जरेकर र किच्चा सुदिप लगायत कलाकारहरुको अभिनय रहेको छ । यो फिल्म डिसेम्बर २० देखि प्रदर्शन हुँदैछ । यसअघि सलमान खानको फिल्म ‘लभयात्री’ पनि विवादमा फसेको थियो । विवादमा फसेपछि सो फिल्मको नाम नै परिवर्तन गर्नुपरेको थियो । पहिले ‘लभरात्री’ नाम दिइएको सो फिल्मलाई पछि लभयात्री बनाइएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies