काठमाडौं : आज स्वर सम्राट नारायण गोपालको २९ औं स्मृति दिवस मनाईँदैछ । विक्रम सम्बत १९९६ सालमा काठमाडौंको किलागलमा जन्मेका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।
लोकप्रिय गायनकलाकै कारण उनलाई स्वर सम्राटको उपाधि दिइएको थियो । स्वरसम्राटको स्मृतिमा नारायणगोपाल संगीत कोषले आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ । महाराजगञ्जमा हुने कार्यक्रममा दुई संगीतकर्मीलाई सम्मान गरिने कोषले जनाएको छ ।
यसवर्ष गायक, संगीतकार र गीतकार जगत मर्दन थापा र संगीतकार रन्जित गजमेरलाई ताम्रपत्र सहित २५ हजार नगद राशीले सम्मान गर्न लागिएको हो । नारायणगोपालले २०२० सालमा रेडियो नेपालवाट स्वर परीक्षा पास गरेपछि गायन यात्रालाई निरन्तरता दिएका थिए ।
उनले एक सय ३६ भन्दा धेरै गीत गाएका छन् । नारायणगोपालका म त लालीगुारास भएछु, ए कान्छा ठट्टैमा यो वंश जान लाग्यो, एउटा मान्छेको मायाले लगायतका थुप्रै गीतहरु चर्चित छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies