काठमाडौं : नेपाली कामदार वैदेशिक रोजगारीका लागि जाने खाडी मुलुकहरुमा केही वर्ष यता देखिएको तनाव क्रमशः शिथिलता तर्फ उन्मुख भएपछि त्यसक्षेत्रमा रोजगारीको अवस्था सहज हुने अपेक्षा बढेको छ । कतारमाथि आर्थिक नाकावन्दी लगाएको साउदी अरबले छिमेकी कतारमाथि मैत्रीपूर्ण व्यवहार प्रदर्शन गर्न थालेपछि खाडीमा स्थिति सहज हुने अपेक्षालाई बल पुर्याएको अलजजीराले उल्लेख गरेको छ ।
आगामी डिसेम्बर दश तारिखमा साउदी अरबमा हुने गल्फ कोअपरेशन काउन्सिलको बैठकमा भाग लिन साउदी अरबका राजा सलमानले कतारका अमिर शेख तमिम विन हमाद अल थानीलाई लिखित पत्र लेख्दै आमन्त्रण गरेपछि सम्वन्ध सुधारको ठोस चरणमा प्रवेश गरेका विश्लेषण गरिएको हो ।
कतारका विदेशमन्त्री अब्दुल रकमा अल थानीले शुक्रबार साउदी अरबसँगको वार्ता सफल हुने विश्वास गरेका छन् । सन् २०२२को विश्वकप फुटवलको आयोजक कतारमाथि आतंकवादी संगठनलाई सहयोग गरेको लगायत आरोप लगाउँदै सन् २०१७को जुन महिनादेखि साउदी अरबको नेतृत्वमा नाकावन्दी लगाइएको थियो । तर कतारले भने उक्त आर्थिक नाकावन्दीले आफुलाई थप बलियो बनाएको दावी गर्दै आाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies