बाँकेको कोहलपुरस्थित त्रिभुवन उच्च माध्यमिक विद्यालय जाँदै गरेकी कक्षा–७ की छात्रा प्रकृति चन्दलाई आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले किच्यो । ट्रकको किचाइबाट बालिका घाइते भइन् । विद्यालय जाँदै गरेकी चन्दलाई ट्रकले किचे पछिको अवस्था तनावपूर्ण बन्यो । विद्यालय हिडेकी बालिका सुरक्षित नदेखिएपछि विद्यार्थीका अभिभावक र स्थानीयमा क्रोध उत्पन्न हुनु स्वभाविकै थियो ।
आक्रोशितहरुे ट्रकमा आगजानी गरिहाले । भीड प्रहरी प्रशासनतर्फ अगाडि बढ्यो । प्रहरीले भीड निन्त्रयणमा लिन प्रहरीले गोली चलायो । गोली लागेर घाइते बालिकालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो भने दुई दर्जन बढी विद्यार्थी घाइते भए । गोली आफैंमा निकास थिएन । अझ विद्यार्थीतर्फ गोली चलाउनुले स्थानीय प्रशासनको योग्यता र विवेकमाथि प्रश्न स्वभाविक रुपमा उठेको छ ।
नचल्नुपर्ने गोली चलिसकेपछि अवस्था अनियन्त्रित बन्दै गयो । स्थानीय प्रशासनले कफ्र्यू नै लगायो । यो तनावपूर्ण अवस्थामा स्थानीयले संयमता अपनाउन जरुरी छ । प्रहरीको गोली जसरी आफैं समस्याको समाधान थिएन, आक्रोश पनि निकासको बाटो पटक्कै हुँदै होइन । यसले त झनै समस्या बढाएर लैजानेछ ।
तर, यो विषय गम्भीर हो र रहन्छ पनि । किनभने, विद्यालय जस्तो शान्तिपूर्ण र संवेदनशील क्षेत्रमा जथाभावी सवारी सञ्चालन कोहलपुरको मात्रै समस्या होइन । देशभर यो समस्या बिकराल बन्दै गएको छ । सडक छेऊमै विद्यालय निर्माण अथवा विद्यालय परिसर भएर सडक निर्माण भइरहेका छन् । अनि सडकमा बेर्वाह गुडाइने सवारी साधनका कारण विद्यार्थी असुरक्षित बनिरहेका छन् । अतः प्रकृति चन्द प्रकरण अन्यत्रका लागि समेत सबकको विषय बन्नुपर्छ । त्यसका लागि फेरि पनि प्रहरी प्रशासनकै अग्रसरता आवश्यक छ । यदि, स्थानीय प्रशासन र प्रहरी विभागले कानूनी शासनलाई चुस्त बनाएका थिए भने कोहलपुर दुर्घटना नहुन पनि सक्थ्यो । जो भइ नै सक्यो ।
कोहलपुर दुर्टनाले भविष्य निर्माणका लागि विद्यालय हिडेकी किशोरी दुर्घटनामा परेकी छन् । तर, यस्तै प्रकृतिका अन्य घटना हुन नदिन दीर्घकालीन समाधानतर्फ संघीय सरकारले समेत सोच्न जरुरी छ । किनभने, विद्यालय सुरक्षित हुन सकेन भने सुरक्षित समाजको कल्पना गर्न सकिदैन । कोहलपुर क्रोध दोहोरिरहन्छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies