भारत : भारतको संसदले छिमेकी तीन देशबाट आउने गैरमुस्लिम शरणार्थीलाई धार्मिक पृष्टभुमिमा नागरिकता दिन सकिने विवादास्पद विधेयक पारित गरेको छ । संसदको तल्लो सदनले गएराति नागरिका संसोधन विधेयक पारित गरेको हो ।
संसदमा भएको मतदानमा सो नागरिकता संशोधन विधेयकको पक्षमा ३ सय ११ र विपक्षमा ८० मत परेको थियो । विधेयकमा पाकिस्तान, बंगलादेश र अफ्गानिस्तानबाट आएका धार्मिक अल्पसंख्यकहरूलाई नागरिकता दिने व्यवस्था छ ।
भारतीय जनता पार्टीले विधयेकले धार्मिक हिंसाका कारण भाग्नुपर्ने अवस्था भोगेकालाई संरक्षण दिने दावी गरेको छ । आलोचकहरुले भने नयाँ कानूनलाई मुस्लिमहरूलाई सीमान्तकृत पार्ने एजेन्डा भएको बताएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies