चीली : चीलीमा एक सैन्य विमान बेपत्ता भएको छ । अन्टारकटिकाका लागि उडेको हवाई सुरक्षा बलको विमान आज विहान बेपत्ता भएको हो । विमानमा चालक दलका सदस्यसहित ३८ जना सवार रहेको चिलीको सेनाले जनाएको छ ।
तीमध्ये १७ चालक दलका सदस्य र २१ यात्रु भएको बताइएको छ । विमानमा रहेकामध्ये तीन जना सर्वसाधारण भएको बताइएको छ । मंगलबार विहान पौने ३ बजेपछि किङ्ग जर्ज टापुमा पुगेपछि विमानसँगको सम्पर्क टुटेको हो ।
विमान सेनाको बन्दोबस्तीका समाग्री र्पुयाउनका लागि अन्टारकटिका जाँदै गरेको बताइएको छ । बेपत्ता विमान र यात्रुको खोजी जारी रहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies