काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकुद सागमा नेपालले स्वर्ण संख्या ५० पुर्याएको छ । बक्सिङमा सनील शाहीले स्वर्ण जितेसँगै नेपालको सागमा स्वर्ण संख्या ५० पुगेको हो । शाहीले भारतका साविक विजेता अभिरन्दर सिंहलाई हराए ।
यता बक्सिङमै नेपालकी माला राई भने फाइनलमा भारतीय खेलाडीसँग पराजित भइन् । सातदोबाटो बक्सिङ हलमा भएको प्रतिस्पर्धामा नेपालकी माला भारतकी पिंकी रानीसँग फाइनलमा पराजित भइन । उनी पाँच शुन्यको स्कोरमा हार्न पुगिन् । बक्सिङमा नेपालले अहिलेसम्म दुई स्वर्ण जितेको छ ।
यस्तै महिलाको ६४ केजी तर्फ लाइटवइटमा नेपालकी पुनम रावलले रजतमा चित्त बुझाइन । उनी भारतीय खेलाडी मञ्जु बम्बोरियासँग पराजित भइन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies