-केशर धामी/मध्यान्ह
काठमाडौं : २०७१ सालमा बारामा एक निकै कुकृत्य घटना बाहिर आयो । ६ वर्षीया बालिका बलात्कृत भएन् । त्यो पनि २८ वर्षे युवकबाट । बलात्कारपछि उनको यौनीमा लठ्ठी घुसाइयो । मानवताका सबै अंश बिर्सेर गरिएको कुकृत्यले मृत्युको मुखमा पुगिन् । यो एक प्रकारको मानवता विरोधी कुकृत्य अपराध हो ।
ललितपुरको नख्खिपोटमा घरमा काम गर्न बसेकी एक ९ वर्षीया बालिका बलात्कृत भइन् । घरधनी ललितपुर नख्खिपोटका राकेश खड्काले श्रीमती छोरीसँगै कलकत्ता गएका बेला बालिकालाई बलात्कार गरेका थिए । मादक पदार्थ सेवन गरी उनले बालिकामाथि बलात्कार गरेका थिए । १२ वर्षीया बालकमाथि झापा बिरेन्द्रनगरकी एक नाबालिका छोरी बलात्कृत गरेको आरोप लाग्यो ।
प्रहरीमा उजुरी दिएपछि पक्राउ परेका ती बालकले अपराध स्वीकार गरे । महान्यायाधिवक्ताको कार्यालयले तयार पारेको ‘बालबालिका संलग्न रहेका अपराधको प्रवृत्ति अध्ययन कार्यदलको प्रतिवेदन–२०७५’ले डरलाग्दो तस्वीर देखाएको छ । गम्भीर प्रकृतिका अपराधका घटनामध्ये सबैभन्दा धेरै यौन अपराधसँग सम्बन्धित छन् ।
डरलाग्दो तथ्यांक
महान्यायाधिवक्ताको कार्यालयले आर्थिक वर्ष २०७१÷७२, २०७२÷७३ र २०७३÷७४ मा प्रत्येक प्रदेशका तीन जिल्ला गरी २१ जिल्लामा अध्ययन गरेको थियो । जिल्ला अदालतमा दर्ता भएका ८१ थान मुद्दाको विस्तृत अध्ययन गर्दा २९ मुद्दा यौन अपराधसँग सम्बन्धित छन् । छानिएका मुद्दाहरूमा बालबालिका संलग्न अपराधको प्रवृत्ति अध्ययन गरिएको अध्ययन समूहका संयोजक सहन्यायाधिवक्ता गोपालप्रसाद रिजाल बताउँछन् । बालबालिका संलग्न भएका अपराधमध्ये करीब एक तिहाई यौन अपराधसँग सम्बन्धित रहेको उनको भनाइ छ ।
के कारणले बालबालिका यो अपराधमा संलग्न हुन्छन् भन्ने कुनै अध्ययन हुन सकेको छैन् । बालबालिकालाई अपराधबाट टाढै राख्न प्रभावकारी कदमहरू चाल्न जरुरी रहेको उनी बताउँछन् । आर्थिक वर्ष २०७१-७२ मा अदालत पुगेका बालबालिका संलग्न १२७ मुद्दामध्ये ५९ वटा मुद्दा यौन अपराधसँग सम्बन्धित थिए । त्यस्तै उक्त आर्थिक वर्षमा देशभरका प्रहरी कार्यालयमा यौन अपराधसँग सम्बन्धित एक हजार ५४३ उजुरी परेका थिए । त्यसमध्ये बलात्कारका नौं सय ८१ वटा र बलात्कार प्रयासका पाँच सय ६२ मुद्दा थिए ।
बाल न्याय समन्वय समिति सचिवालय यौन अपराधसँग सम्बन्धित प्रत्येक एक सय घटनामध्ये पाँच वटामा १६ वर्षमुनिका केटाहरू संलग्न भएको अध्ययनले देखिएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अर्थिक वर्ष २०७२÷७३ मा देशभर बलात्कारका एक हजार ८९ र बलात्कार प्रयासका चार सय ५२ उजुरी परेका थिए । तीमध्ये ५२ वटा घटनामा १६ वर्ष मुनिका केटाहरू संलग्न थिए ।
आर्थिक वर्ष २०७५-०७६ मा दर्ता भएका जबरजस्ती करणीसम्बन्धी जम्मा मुद्दामध्ये प्रत्येक एक सय घटनामध्ये ६ वटामा ११–१६ वर्षको उमेरका केटाहरू संलग्न देखिएका छन् । बालबालिकाको जिज्ञाशु र चञ्चले स्वभावले अपराधजन्य गतिविधिमा संलग्न हुने गरेको बाल न्याय समन्वय समिति सचिवालयकी उपसचिव शकुन्तला कार्कीको भनाइ छ । मनोविद् गोपाल ढकाल यस्तो खाले अपराध बढ्नुमा समाजबारे अध्ययन नगर्नु नै प्रमुख कारण मान्छन् ।
बालबालिकाको हेरचाह तथा शिक्षा दिक्षामा घर परिवारले समय दिन नसक्दा यस्तो समस्या आउने गरेको उनको भनाइ छ । बाबालिकाको मनोविज्ञानबारे आमाबुवा तथा घरपरिवारलाई जानकारी नहुँदा उनीहरू अपराधको बाटो अंगाल्ने गरेको उनी बताउँछन् ।
‘बालबालिकाको मनोविज्ञान जान्ने कोशिष अभिभावकले गर्दैनन् । छोराछोरी पढिरहेकै छन्, स्कूल गइरहेकै छन् । भन्ने हुन्छ । तर उनीहरू कस्तो खालको गतिविधिमा संलग्न भइरहेको छ । यौन हिंसा तथा यौन शिक्षाबारे किशोर किशोरीलाई जानकारी दिइदैन् । जसले गर्दा समस्या भइरहन्छ ।’ उनले भने ।
यस्तो खालको अपराध बढ्नुमा अहिले सोसल मिडियाले पनि निकै ठूलो काम गरेको उनको भनाइ छ । सोसल मिडियामा आउने घटनाबाट उनीहरू प्रभावित हुने र त्यही आधारमा अपराध गर्न पछि नपर्ने उनको तर्क छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies