काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चेतनाको कमिका कारण उपभोक्ताहरु ठगिने गरेको बताएका छन् । बजार व्यवस्थापन तथा उपभोक्ता संरक्षणमा संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय सम्बन्धि अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टले दण्ड जरिवनाको प्रकृति एउटै भएका कारण पनि उपभोक्तालाई ठगि गर्ने क्रम नरोकिएको बताए । उनले बजार अनुगमनको कार्यशैली फेर्नुपर्ने बताए ।
मन्त्री भट्टले उपभोक्ता हितका लागि बनेको संगठनहरुको प्रकृति र उद्देश्य बुझ्न जरुरी रहेको भन्दै सचेतना अभियान गाउँ गाउँसम्म पुग्न उपभोक्ता हितका लागि खुलेका संगठनहरुलाई आग्रह गरे । अन्तरक्रियामा अन्य सहभागिहरुले यस्ता अभियानलाई वडा तहसम्म लैजानुपर्ने धारणा राखेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies