काठमाडौं : एनआईसी एसिया बैंक लिमिटेडले जापानमा बस्ने नेपालीहरुलाई आफन्तहरु वा अन्य व्यक्तिलाई विप्रेषण रकम पठाउन सहजहोस् भन्दै इनवार्ड रेमिट्यान्स सेवाको शुरुवात गरेको छ । एनआईसीले ओके रेमिट जापानसंगको सहकार्यमा इनवार्ड रेमिट्यान्स सेवाको शुरुवात गरेको हो ।
जापानबाट पठाएको विप्रेषण रककम आफ्ना मुलुकभर फैलिएका ३०१ वटा शाखाहरुबाट झिक्न मिल्नेगरी रेमिट्यान्स सेवाको शुरुवात गरेको जनाएको छ । साथै एनआईसीले ७० वटा विस्तारित काउण्टर, ४१ वटा शाखारहित बैंकिङ तथा ९००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सक्ने समेत जनाएको छ ।
यसका साथै नजिकिँदो चाडपर्वका अवसरमा जापानमा रहेका नेपालीहरुले २०७६ असोज महिनाभर ओके रेमिट जापानबाट एनआईसी एसिया रेमिटमार्फत भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्नेछन् । नेपालका समग्र भौगोलिक क्षेत्रहरुमा आफ्नो उपस्थिति थप दरिलो बनाउने क्रममा एनआईसी एसिया बैंकको दुई नयाँ शाखाहरु पोखराको बाझापाटन र वीरगन्जको पावरहाउस चोकमा असोज ६ गतेदेखि सञ्चालनमा आएको छ ।
बाझापाटन शाखाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गरे भने पावरहाउस चोक शाखाको उद्घाटन वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले गरेका थिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies