काठमाडौं : साहासिक खेल रक क्लाईम्बिङ मार्फत नेपालले शुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२०लाई झनै प्रवर्द्धन गर्न सकिने साहसिक रक क्लाईम्बर आङ पासाङले बताएका छन् । दुई दशकदेखि साहसिक रक क्लाईम्ब गर्दै आएका उनले नेपालका हिमाल पहाडहरु आफैमा सहासिक स्थल भएकाले ती ठाउँमा यस्ता कार्यक्रम गर्न सके पर्यटकको आकर्षक केन्द्र बन्ने विश्वास पनि व्यक्त गरे ।
आफूले साहासिक रक क्लाईम्बिङमा हजारौ जनालाई यसको विषयमा सिकाएको बताउँदै पासाङले नेपाल भ्रमण वर्ष २०२० मा रक क्लाईम्बिङ अर्को आकर्षण हुने पनि बताए । यसैगरी भ्रमण वर्षको प्रचार प्रसारका लागि आफू अमेरिका, एशिया, अष्ट्रेलिया, युरोप लगायतका चार महादेश घुमेको पनि उनले बताए । चार महादेश एक्लै घुमेर भिजिट नेपाल २०२० को व्यापक प्रचार–प्रसार गरेकोमा केही महिना अघि मात्र उनलाई पर्यटन मन्त्रालयले सम्मान पनि गरेको थियो ।
रक–क्लाइम्बर बन्दै पर्यटन व्यवसायमा संलग्न पासाङ पिके एभरेष्ट ट्रेकिङका प्रवन्धक पनि हुन् । ओखलढुंगामा जन्मिएका पासाङले आफ्नै संस्था पिके एभरेष्ट ट्रेकिङ मार्फत नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरुलाई ७७ जिल्लामध्ये देशका ६६ जिल्लाको पदयात्रा तथा भ्रमण गराई सकेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies