काठमाडौं : लक्ष्मी बैंकले भाइबर च्याटमा कुराकानीलाई अझ बढी रोमाञ्चक बनाउने उद्देश्यका साथ २०७६ मंसिर २३ गतेदेखि भाइबरमा १६ प्रकारको स्टिकर रहेको स्टिकर सेटको शुभारम्भ गरेको छ । यसबाट भाइबरमा यसभन्दा अघि नभएको ‘नेपाली एनिमेटेड प्याक’ शुरु गर्ने लक्ष्मी बैंक नेपालकै पहिलो बनेको छ ।
भाइबरमा स्टिकरहरु एक रमाइलो एवं रंगीन अभिव्यक्तिको माध्यम हुन् र लक्ष्मी बैंकको ‘ग्रिटिङ्स फ्रर्म लक्ष्मी’ प्याकले पनि त्यसलाई सघाउने अपेक्षा गरिएको छ । भाइबर च्याटमा मौद्रिक भाषामा समयानुकुल कुराकानी गर्न, धन्यवाद व्यक्त गर्न तथा अन्य सन्देशहरु आदानप्रदान गर्न अब लक्ष्मी बैंकको रचनात्मक भाइबर स्टिकरहरु प्रयोग गर्न सकिने छ ।
लक्ष्मी बैंक आफ्नो ग्राहकहरुमाझ उत्कृष्ट उत्पादनहरु, विशिष्ट सेवाहरु र उपयोगी टिप्सको माध्यमबाट व्यक्ति, परिवार, साना व्यवसायीहरु तथा ठूला कर्पोरेटहरुको दैनिकीमा महत्वपूर्ण योगदान पुर्याउन प्रतिबद्ध छ । भाइबर स्टिकर त्यही उद्देश्यबाट प्रेरित एक अर्को कदम हो । यस अवसरमा लक्ष्मी बैंककी रणनीति तथा बजार विभाग प्रमुख भारती पाण्डेले यो स्टिकर प्याक भाइबरमा लक्ष्मी बैंकको बैंकिङ बटको पुरक को रुपमा प्रस्तुत गर्न पाएकोमा निकै उत्साहित भएको बताइन् ।
उनले बैंकको ग्राहकसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै लैजानु आजको आवश्यकता बमोजिम नै यो स्टिकरमार्फत् नयाँ र विद्यमान ग्राहकहरुलाई भाइबर खाताद्वारा थप नजिक ल्याउन सक्ने अपेक्षा गरेको बताइन् । नेपालको १६औं वाणिज्य बैंकको रुपमा सन् २००२ मा स्थापना भएदेखि नै लक्ष्मी बैंकले आफ्नो सजिलो बैंकिङ सेवाहरुका साथ विविध क्षेत्रका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ र नेपालको एक उत्कृष्ट बैंकको रुपमा स्थापित हुन पुगेको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies