हुम्ला : हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्युभएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्रबहादुर सिंहले बताए ।
दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उनले जानकारी दिए । उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies