काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा विवाद भएको छ । एजेण्डका विषयमा विवाद भएपछि सभापति शेरबहादुर देउवा इतर समुहले बैठक बहिष्कार गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले विभाग गठन र कार्यसम्पादन समिति गठनमा एकलौटी गर्न लागेको आरोप लगाउदै सभापति इतर समुहका नेताहरुको आरोप छ ।
सभापति इतर समुहले १४ औं महाविधेशनको कार्यतालिकालाई बैंठकको एजेण्डा बनाउनुपर्ने माग गरेको थियो तर सभापति देउवाले विभाग गठन र कार्यसम्पादन समिति गठन तयारी गरेकाले बैठक बहिष्कार गरिएको नेताहरुले बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर महामन्त्री डा शशांक कोइराला बैठकमा प्रवेश नै नगरी बाहिरिएका छन् ।
संस्थापन पक्षले बहुमतका आधारमा प्रस्तावित एजेण्डा पारित गर्ने तयारी गरेपछि इतर समुहका नेताहरु बैठकमा अनुपस्थित भएका हुन् । सभापति देउवाले भने केन्द्रीय समिति बैठक राखेर केन्द्रीय विभाग २८ बाट बढाएर ४७ पु¥याउने प्रस्ताव प्रस्तुत गरेका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies