काठमाडौं : आजका लागि तय भएको नेकपाको सचिवालय बैठक स्थगित भएको छ । नेताहरुको कार्यब्यस्तता र अध्यक्ष पुष्पकमल दाहालले बैठकका लागि गर्नुपर्ने तयारी पूरा नभएकाले बैठक स्थगित भएको छ ।
स्थगित बैठक शनिवार या आइतबार राख्ने अध्यक्ष दाहालको तयारी छ । सचिवालय बैठकमा स्थायी कमिटी बैठकको कार्यसूची, उपचुनावको समीक्षा, बाँकी रहेका साङ्गठनिक कार्यका साथै सभामुखको उम्मेदवारका विषयमा छलफल गर्ने नेकपाको तयारी छ ।
नेकपाको केन्द्रीय विभाग र आयोगले प्रमुख र उपप्रमुखबाहेकको पूर्णता पाउन सकेको छैन । सभामुखमा पनि आकांक्षी धेरै भएकाले सहमति जुटाउन शिर्ष नेतालाई समस्या भएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies