चितवन : पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा आज विहान चार वटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर छ । घाइतेहरुको मुग्लिन ट्रमा सेन्टर कुरिनटार र हाइवे अस्पताल मुग्लिनमा उपचार भइरहेको छ ।
काठमाडौँबाट चितवनतर्फ गैरहेका ना २ ग ८००५ र ना १ ज ८३२८ नम्बरको दुई वटा म्याजिक गाडीमा काठमाडौंतर्फ आइरहेका बा १६ च ८३४५ र बा २१ च ३०३९ जीप ठोक्किँदा दुर्घटना भएको हो । तीब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies