बेलायत : बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ । हिजो भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले संसदमा स्पष्ट बहुमत ल्याएको हो ।
केही स्थानको मतगणना जारी भएपनि जोनजनको पार्टीले बहुमत सिट हासिल गरिसकेको छ । कन्जर्भेटिभ पार्टीले बहुमत पाएसँगै जोनसन नै बेलायती प्रधानमन्त्रीको रुपमा डाउनिङ स्ट्रीट फर्कने निश्चित भएको छ । जोनसन पहिले पत्रकार थिए । पछि उनी कन्जर्भेटिभ पार्टीका नेता भएका हुन् ।
उनी सन् २००७ मा लण्डन शहरको नगरप्रमुख निर्वाचित भएका थिए । केही समयअघि उनी टेरिजा मेलाई विस्थापित भएर प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । निर्वाचनमा मतदाताले जोनसनको ब्रेक्जिट सम्वन्धी तिनीलाई अनुमोदन गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies