काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक आज दिउँसो बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउसो तीन बजे शुरु हुने बैठकले भोलीवाट शुरु हुने स्थायी समिति बैठकका एजेण्डा तय गर्ने बताइएको छ ।
स्थायी समिति बैठकका एजेण्डा तय गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल दुईदिनदेखि तयारीमा छन । दाहालले दिउसोको बैठकमा ति एजेण्डा पेश गर्ने बताइएको छ । बैठकमा पार्टी एकताका बाँकी कामका साथै उपनिर्वाचनको पनि समिक्षा हुने नेताहरुले बताएका छन् ।
बैठकबाट केन्द्रीय विभाग, आयोग र सल्लाहकार कमिटी, ज्येष्ठ कम्युनिस्ट मञ्चलाई पुर्णता दिने तयारी छ । साथै संसद अधिवेशन आब्हान भैसकेकाले पार्टीको तर्फवाट सभामुखको उम्मेदवार चयन गर्ने विषयमा पनि नेकपामा छलफल हुनेछ । शुक्रबारका लागि नै तय गरिएको बैठक नेताहरुको कार्यब्यस्तताको कारण स्थगित भएको थियो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies