काठमाडौं : नेपाली गीत संगीतका अमर स्रष्टा नातिकाजी श्रेष्ठको जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९९२ साल पुष ३ गते ललितपुरको पुल्चोकमा जन्मिएका नातीकाजी सानै उमेरदेखि सांगीतिक क्षेत्रमा लागेका थिए ।
उनका नेपाली हामी रहौँला कहाँ नेपालै नरहे, उनले संगीत दिएका पर लैजाउ फूलहरु, फूलको थुंगा बहेर गयो, सपना भुलाई सारा, उकाली ओरालीहरुमा लगायत गीत लोकप्रिय छन् ।
दिउँसो १ बजे उपराष्ट्रपति नन्दबहादुर पुनको निवास लाजिम्पाटमा विशेष कार्यक्रममा साथ सम्मान गरिने नातिकाजी स्मृति समाजका अध्यक्ष एंव वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले जानकारी दिए । नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मानबाट नातिकाजीका समकालीन समबहादुर मल्ललाई सम्मान गरिँदै छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies