दोलखा : उज्यालो भविष्य संस्थाकोे दोश्रो वार्षिक साधरण सभाले पुनः राजन बस्नेतको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा भरत बस्नेत, महासचिवमा निर्जला आचार्य, सचिवमा लक्ष्मी थापा, कोषाध्याक्षमा दिनेश चौलागाईं सर्वसम्मत चयन भएका छन् ।
यस्तै समितिको सदस्यहरूमा अनुस्का घिमिरे, हरि गोविन्द कार्की, कौशल कार्की, अम्बिका सुवेदी र कृष्णकुमारी जोशी चयन भएका छन् । उज्यालो भविष्य संस्था दोलखाले आफ्नो दोस्रो वार्षिक साधारण सभाको अवसरमा दुई पत्रकार र नागरिक अगुवासहित छ जनालाई सम्मान गरेको छ ।
विशेषगरी बालबालिका, महिला र युवाको क्षेत्रमा काम गर्दै आएको उज्यालो भविष्य संस्थाले दोस्रो वार्षिक साधारणसभाको अवसरमा नागरिक अगुवा कृष्ण बस्नेत, राजधानि दैनिकका दोलखा संवाददाता दीपशंकर चौलागाईं, दोलखाबाट प्रकाशित दीक्षण दैनिकको सम्पादक श्रृजन घिमिरे, सामुदायिक अस्पताल चरिकोटका सञ्चालक अमृत बुढाथोकी, महिला सहकारी अभियन्ता सर्मिला सापकोटा र डान्स क्रियु संस्थालाई सम्मान गरेको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले महिला, बालबालिका तथा युवाको अधिकार संरक्षण एवं सामाजिक उत्तरदायित्व बहन गर्न सामाजिक संघसंस्था, पत्रकार, नागरिक अभियन्ता लगायत सबैले स्थानीय सरकारसँग मिलेर काम गर्नुपर्ने बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies